शिक्षक लाइसेन्सकालागी विज्ञापन खुल्यो, परीक्षा चैत २४ गते बिहान ११ बजे हुने
- Advertisement -
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको विज्ञापन खुलाएको छ। आयोगले शुक्रबार माध्यमिक तहको अस्थायी अध्यापन अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो। परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म बुझाउन सकिने आयोगको सूचनामा उल्लेख छ।
परीक्षा चैत २४ गते बिहान ११ बजे हुने सूचनामा उल्लेख छ।
१८ वर्ष उमेर पुगेका स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने आयोगको सूचनामा उल्लेख छ।

आयोगका अनुसार, परीक्षा दस्तुर ७ सय लाग्ने र जिल्ला शिक्षा कार्यालय झापा, काठमाडौं, कास्की, बाँके र कञ्चनपुर दरखास्त दिन सकिनेछ। दरखास्त संकलन केन्द्र रहेका जिल्लाहरुमा नै परीक्षा सञ्चालन हुने समेत आयोगले स्पष्ट पारेको छ।एक सय पूर्णांकको हुने लिखित परीक्षामा ५० अंक ल्याउने उत्तीर्ण हुने सूचनामा उल्लेख छ। परीक्षाका लागि माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्रकै पाठ्यक्रम लागू हुने आयोगले जनाएको छ।
News Source:news24nepal