Only Seven Days Remaining to Apply!Call for Audition in upcoming movie "Salhesh: The People's Hero"
If you have missed to submit your application. You can apply online by clicking the below given web link.
http://bit.ly/2E5O74u
For offline application, you can contact and submit at
salheshthemovie@gmail.com
Teaser Poster of the Movie "Salhesh : The People's Hero"
जनकपुरधाम,फागुन ६ गते ।पछिल्लो पटक मधेश आन्दोलनका कारण स्थगीत गरिएको जनकपुर होली हंगामा यस वर्ष आउदो फागुन १७ गते हुने भएको छ ।
शनिवार नेपाल पत्रकार महासंघको सभाकक्षमा गरिएको पत्रकार सम्मेलनमा आयोजकले होली हंगामा कार्यक्रममा भोजपुरी सीने जगतका सुपर स्टार दिनेश लाल यादव निरहुआ,आम्रपाली दुवे,आइटम क्वीन सीमा सिंह सहितका कलाकारहरुले कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ । मैथिली भोजपुरी सांस्कृतिक सांगीतिक कार्यक्रम नाम दिइएको उक्त कार्यक्रमलाई विशुद्ध सांस्कृतिक कार्यक्रम वनाइने आयोजक एसराज प्रोडक्सनका अध्यक्ष सन्तोष राजले वताएका छन ।
आउदो फागुन १७ गते हुने सो कार्यक्रम जनकपुरधामको तिरहुतीया गाछिमा दिउसो १ बजे देखि ७ बजे सम्म संचालन हुने जनाइएको छ । आयोजक समितिले कार्यक्रममा दर्शक प्रवेशको लागि पाच सय र एक हजारको टिकट तय गरिएको छ ।दर्शकले पाँचसय रुपैयाको टिकट लिएमा रेडकार्पेटमा स्थान पाउनेछन भने एक हजारको टिकट खरिद गरेमा कुर्सीको व्यवस्था गरिएको छ । आयोजकले कार्यक्रम हुनुभन्दा एक दिन पुर्व अर्थात फागुन १६ गते मात्र दुइ सय रुपैयामा टिकट वितरण गर्ने भएको छ । यता भाषा र अश्लिलताको सन्दर्भमा कुरा गर्दै आयोजकले जनकपुर वहुभाषिक राजधानी भएकोले भाषाप्रति कुनै प्रकारको पुर्वाग्रह नहुने जनाएको छ ।
सांस्कृतिक कार्यक्रममा सवै भाषाको गित संगीत समायोजन गरिनेछ भने कुनै प्रकारको भल्गर वा अश्लिल नृत्य अथवा गीत नचलाई विशुद्ध सांस्कृतिक कार्यक्रम गरिने भएको छ । कार्यक्रमममा एसराज प्रोडक्सनका म्यानेजर एवम चर्चित संगीतकाररगायक संतोष राज,सेलिना कुँवर,विजय यादव निर्बिज डा.नबल पजियार, सहित कलाकारहरुका साथै स्थानीय हुक्का लोली टिभी टिम र रोचक घोचक टिभी टिमले पनि प्रस्तुती दिने आयोजकले जनाएको छ ।
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको विज्ञापन खुलाएको छ। आयोगले शुक्रबार माध्यमिक तहको अस्थायी अध्यापन अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो। परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म बुझाउन सकिने आयोगको सूचनामा उल्लेख छ।
परीक्षा चैत २४ गते बिहान ११ बजे हुने सूचनामा उल्लेख छ।
१८ वर्ष उमेर पुगेका स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने आयोगको सूचनामा उल्लेख छ।

आयोगका अनुसार, परीक्षा दस्तुर ७ सय लाग्ने र जिल्ला शिक्षा कार्यालय झापा, काठमाडौं, कास्की, बाँके र कञ्चनपुर दरखास्त दिन सकिनेछ। दरखास्त संकलन केन्द्र रहेका जिल्लाहरुमा नै परीक्षा सञ्चालन हुने समेत आयोगले स्पष्ट पारेको छ।एक सय पूर्णांकको हुने लिखित परीक्षामा ५० अंक ल्याउने उत्तीर्ण हुने सूचनामा उल्लेख छ। परीक्षाका लागि माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्रकै पाठ्यक्रम लागू हुने आयोगले जनाएको छ।
News Source:news24nepal
प्रिय वैज्ञानिक डा.राउत ज्यू,
नमस्कार!
महोदय,
मातृभूमि, मातृभाषा र पहिचान प्रतिको स्नेह र जिम्मेवारी स्वीकार गर्दै केही पाइलाहरु चाल्न थालेको एउटा नव युवकले तपार्इं सितको प्रेमको कारण यो प्रेमपत्र लेख्दै छ। यसलाइ भावनात्मक भन्दा पनि वास्तविकताको धरातलमा लेखेको बुझ्नु होला।

यहाँले लेख्नुभएका ग्रन्थहरु मैले कैयौं पटक पढेको छु। तपाइको पुस्तकहरूबाट मैले मेरो मातृभूमिको बारेमा धेरै कुरा थाहा पाएँ। तपाइलाइ त मैले मेरो कल्पनाको 'भगिरथ' नै बनाएको थिएँ। तपाइको शब्दहरूले मभित्र पहिचान बोध अनौठो भाव सिर्जना गर्यो र मैले आफ्नो वास्तविक पहिचान थाहा पनि पाएँ। तपाइ प्रतिको कृतज्ञता र समर्पण नै थियो, मैले मेरो व्यक्तिगत डायरीमा तपार्इंको फोटो झुन्ड्याएको थिएँ र तपार्इंको एउटा अटोग्राफको लागि परिक्षा छोडेर सभा स्थल सम्म पुगें। मेरो अहोभाग्य, तपार्इंको अटोग्राफ पाएँ पनि। सायद त्यहि बेला देखि म तपाईंको प्रेममा परेको हुनुपर्छ। एउटा युवायुवती बीचको आकर्षण भन्दा पनि कयौं गुणा गहिरो प्रेम थियो मेरो।मैले अहिलेसम्म सर्वाधिक अध्ययन गरेको पुस्तक नै तपाइको आत्मकथा हो। डा. राउतजी, यो सत्य हो कि धेरै युवाले तपाइलाइ आफ्नो आइडल मान्छन्। यो पनि सत्य हो कि त्यस समूहमा कुनै बेला म पनि पर्थे।
अब कुरा लेख्छु वर्तमानको! म फेसबुकमा तपार्इंको फलोवर पनि हुँ। तपार्इंका हरेक पोस्ट पढ्नु दिनचर्या हो मेरो। त्यही क्रममा जनवरी २२ देखि तपाइले लेख्दै आउनुभएका पोस्टहरू पढ्दै गएपछि मन सम्हाल्न नसकेर म तपार्इंलाइ प्रेमपत्र लेख्न बाध्य भएको हुँ।
सन् २०१० मा लिखित दस्तावेज(आत्मकथा) पक्कै झुटो नहोला। मैले पढ्दा मलार्इ झुटो जस्तो लाग्दैन पनि। तपार्इंकै आत्मकथाका केही लाइनहरू यहाँ ल्याएको छु। १.̎मैले मैथिलीमा भाषण गरेको र आफ्नो मातृभाषाको लागि जूनून त ममा पछि मात्रै पैदा भएको थियो। २-साहित्यमा नीकै श्रेष्ठ मानिने आफ्नो मातृभाषाको एक पाना पनि पढ्ने अवसर पाएको थिइन। ३-हामी धोती कुर्ता र पगडी लाउछौ ४- बुवा अक्सर विद्यापतिको गीत गाउनु हुन्थ्यो । म पनि सिक्न चाहन्थे । ५- आमा र दिदीले मलाइ हाम्रो पर्व- तिहार, लोक गीत वारेमा ज्ञान दिनु भयो। ६- मैले मिथिला कला कोहबरको प्रेजेन्टेसन गरेको थिएँ।̎

तपाइको यी भनाइहरूले हाम्रो मातृभाषा कति धनी छ भन्ने कुरा र तपाइमा आफ्नो मातृभाषा प्रति कति माया छ भन्ने प्रष्ट हुन्छ।
मानिसहरु भन्छन्, सीके राउत व्यक्ति मात्रै हैन बिचार हुन्। तर विगत केही दिन यता सीके राउत पनि बदलिएको र विचार पनि बदलिएको स्पष्टीकरण तपाइले आफैं दिँदै हुनुहुन्छ। म जस्तो तपाइको प्रेमीले भने तपाइको देखेको बदलाव यति मात्र छ कि हिजो तपाइलाइ आफ्नो मातृभाषा मैथिलीप्रति गर्व थियो र आज मैथिली मेरो मातृभाषा होइन भन्दै हुनुहुन्छ। बदलाव यति मात्र छ कि हिजो जुन भाषाप्रति तपाइमा जूनून थियो, आज त्यसलाइ तपाइ बचपनाको नाम दिँदै हुनुहुन्छ।
हिजो आफ्नो आत्मकथामा जे जे लेख्नुभयो, आज त्यो सबै भुलवश लेखिएको भन्दै हुनुहुन्छ। तपाइमा आएको बदलाव पछि तपार्इंले नै लेख्नुभएका पोस्टहरूको वाक्य यसप्रकार छ,
१ ̎छुवाछुतका भाषा, जातिय भाषा है मैथिली - सामन्तोका नाजायज गर्भ, बलात्कार हैं जो तुम्हारे पेटमे डाल दिया हैं, २-विद्यापति मैथिलीकी महाकवि नही थें। ३-मधेश पर लादा गया है मिथिला और मैथिली, ४.वर्तमान मधेशमे मिथिला है हि नही - जबरजस्ती पाग पहनाना, तिरहुतिया लिपी लादना, जब मैथिली लोक सेवा होगा तो सारी नौकरी छिन लेगा,केवल ३ प्रतिशत की भाषा है मैथिली̎

तपाइले भनेजस्तै मैथिली सामन्तहरूको नाजायज गर्भ र बलात्कारको उपज हो र वर्तमान मधेशमा मिथिला छैन भने कसरी तपाइले आफ्नी आमा र दिदीबाट मिथिला संस्कारका गीत, भजन, चित्रकला आदिको ज्ञान प्राप्त गर्नुभयो? के सामन्त वर्गले नै तपाइको परिवारलाइ सिकाएको थियो? तपाइलाइ मैथिली बोल्न सिकाउने र मैथिली बोल्न लगाउने पनि सामन्त वर्ग नै हो? तपाइको बुबालार्इ कुन मैथिल सामन्तले विद्यापतिको गित गुनगुनाउन भनेका थिए? मैथिलीको फकडाहरु आमाबाट सुन्दा किन दंग पर्नु हुन्थ्यो? तपाइलाइ नै भन्नुभएको छ कि मधेशको भूमि कुनै साधारण भूमि होइन। यस भूमिले जनक, सीता, बुद्धलार्इ जन्माएको छ। अहिले भन्दै हुनुहुन्छ मिथिला मधेशमा छैन। फेरि कहाँबाट आए मधेशमा सीता अनि जनक? मिथिला मधेशमा नभए जनकपुरधाम मधेशमा कसरी छ? राजा सलहेश, दिना भद्री, कृष्णा-राम आदि मिथिलाका लोक देवता हुन कि होइनन्? या यिनीहरू पनि सामन्त नै हुन्? यिनको गाथा कुन भाषामा छन्? जनस्तरले स्वंयम त्यसको उत्तर दिनेछन्।
हिजो तपाइमा क्या रूतबा थियो। अहिले तपाईंलाई परिचालित भनिन्छ! तपाइलाई माथिबाट आज्ञा आए जोसुकै माथि तपाइले आक्रमण गर्न सक्नुहुन्छ अरे! दु:खको कुरो समयले यो सत्य हो भनेर देखाउँदैछ।
हिजो तपाइमा क्या रूतबा थियो। अहिले तपाईंलाई परिचालित भनिन्छ! तपाइलाई माथिबाट आज्ञा आए जोसुकै माथि तपाइले आक्रमण गर्न सक्नुहुन्छ अरे! दु:खको कुरो समयले यो सत्य हो भनेर देखाउँदैछ।
तपाइ gold medalist, भाषामाथि advance research गर्नु भएको छ अरे। र तपाइको रिसर्चले तपाइलाई मैथिली सामन्तको भाषा हुन् भन्ने प्रमाणित गरेको छ अर! हिजोसम्म हामी गैर-सामन्तीहरूको भाषा मैथिली थियो। अब तपाईले भनेपछि मधेशी भाषा भएको छ। तर डा. राउत जी, म जतिको सामान्य मान्छेले बुझेको कुरा त यति हो कि मिथिला क्षेत्रमा बोलिने प्राय: सबै बोलीहरु मैथिली हुन्। बरू तपाइले मलाई अब यति प्रष्ट पारिदिनुस कि अवधी,पच्छिमी थारु, भोजपुरी, मगही आदि झैं तपाइले भनेको मधेशी भाषाको सुचिमा मैथिली पर्छ कि पर्दैन?
कुरा आयो ठेंठीको! राउतजी, मैले बुझेसम्म अछि, छथिन, छथि,थीक आदि जोड्दा मात्र मैथिली हुने होइन। यौ, छै, हे रौ, हवे, हइ,गे,भ्या गेलै पनि शुद्ध मैथिली हो। खासमा यिनीहरू भनेको ठेंठी मैथिली हो। जहाँ जे ठाउँ अनुसार क्रियापदको प्रयोग हुन्छ, त्यो भाषाको विशेषता हो। म गैरसामन्ती मैथिली भाषीको अर्को प्रश्न तपाइलाइ मैथिली छुवाछुतको भाषा कसरी भयो ? तपापाइको परिवारमा मैथिलीमा कुरा हुँदा परिवारले गर्यो छुवाछुत? या गाउँका मान्छेले मैथिली बोल्ने बित्तिकै छुवाछुत वा कठोरता देखाउन थाल्दथे? के गाउँका बाँकी मानिसहरू मैथिली बोल्दैनथे? भाषाले पनि छुवाछुत हुने हो र? त्यो पनि मधेशमै? डा. राउतज्यू, हामी मधेशी मधेशमा बोलिने हरेक भाषाको सम्मान गर्छौं। र मैथिली नै पुरै मधेशको भाषा होस् भनेर पनि कसैले भनेको त होइन नि। मैथिली मिथिलाको कामकाजी भाषा हुँदा तपाइलाइ के समस्या?
डा. राउतज्यू, तपाइका ती मैथिली प्रतिका क्रुर पोस्टहरूमा मेरा कमलसमान कोमल कमेन्टहरूले तपाइलाई किन विचलित बनायो? र आफ्नो फेसबुक पेजमा ब्लक गर्नुभयो। हुन पनि हो, ठूला मानिसको अगाडी सानो जहिले निरिह नै हुन्छ।
डा. राउतज्यू, तपार्इंको भगीरथी मेहनतबाट खडा गरेको साम्राज्यमा आफ्नै मातृभाषामाथिको आक्रमणले तपार्इं आफै कमजोर हुँदै गएको देख्दा सहानुभूति लाग्छ। आखिर कुरा मुटूको न छ। हिजो यही मुटुले तपार्इंलार्इ प्रेम गर्थ्यो। आज यही मुटु तपार्इंको कारणले दुखेको छ।

तपाइले कुनै एक वर्गलाई मात्र लक्षित गरेको भए गलत होलान् , होलान् । तर तपाइले त समग्र मिथिला र मैथिलीकै अपमान गर्नुभयो। आज मधेशमा मैथिल मैथिलमा फुट डाल्न खोज्नेले भोलि अरू क्षेत्रमा यस्तो गर्दैन भन्ने के छ? वैज्ञानिक राउतज्यू, शिष्टता बिनाको योग्यता बोझ हुन्छ। तपाइले मैथिली भाषाको नाममा मिथिलाकै विभिन्न जातजाति र हिन्दु मुस्लिमलाइ लडाउन खोजेको देख्दा मलाइ तपाइको गोल्डमेडल बोझ सरह भएको छ। तपाइ जातीय राजनीतिमा प्रवेश गरेको देख्दा मैले कुनै दिन तपाइसंग प्रेम भएको थियो भन्ने सम्झेर आफैमा लाज लागेर आउँछ।
खैर, यसलाई अन्यथा नलिनु होला। विषय र प्रसंग बाहेक अन्य अर्थ लागे क्षमा चाहन्छु। र कुनै व्राह्मण वा सामन्तले चिठ्ठी लेखेको वा लेख्न लगाएको भन्ने भ्रममा नपर्नुहोला।
तपाईंको फूटको राजनीति र मैथिली माथिको आक्रमणको विरूद्धमा तपाइको यो पूर्वप्रेमी सँधै उभिरहने छ भन्दै अहिलेलाइ यो पत्र टुँग्याउन चाहन्छु।
तपाईंको फूटको राजनीति र मैथिली माथिको आक्रमणको विरूद्धमा तपाइको यो पूर्वप्रेमी सँधै उभिरहने छ भन्दै अहिलेलाइ यो पत्र टुँग्याउन चाहन्छु।
मिथिलाकी शान र मैथिलीको गौरव किशोरीजीसँग तपाइको सुस्वास्थ्य र प्रगतीको कामना गर्दछु।
तपाइको पूर्वप्रेमी
गजेन्द्र कुमार राय(गजुर)
हनुमाननगर कंकालिनी न.पा
गजेन्द्र कुमार राय(गजुर)
हनुमाननगर कंकालिनी न.पा